असार १०, २०८२ मंगलबार June 24, 2025

‘पुष्पा २’ बन्यो पहिलो दिन सर्वाधिक कमाउने भारतीय फिल्म

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।

सैकनिल्कको रिपोर्ट अनुसार फिल्मले ओपनिङ डेमा भारतीय बक्स अफिसमा १७५ करोड भारू कमाएको छ। योसँगै ‘पुष्पा २’ ले सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड राखेको छ।

फिल्मले तेलुगुमा ९५ करोड १ लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलयालममा ५ करोड भारू कमाएको हो।

‘पुष्पा २’ ले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो। ‘आरआरआर’ ले पहिलो दिन १३३ करोड भारू कमाएको थियो।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार