मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सिक्रेटारमा ‘साझेदारी स्वास्थ्य बिमा’ कार्यक्रम

वडामा बसोबास गर्ने अति गरिब, विपन्न, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
भोजपुर, २१ मङ्सिरः जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारले ‘नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । वडाले आर्थिक रूपमा कमजोर भएका तथा विपन्न नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाको यही मङ्सिर १२ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार वडाले नागरिकको आवेदन सङ्कलन थालेको छ । कार्यपालिकाको निर्णयमा उल्लेख भएको आधारमा बिमा शुल्कको ७१ दशमलव ४३ प्रतिशत वडाले बेहोर्ने र बाँकी २८ दशमलव ५७ प्रतिशत नागरिक स्वयंले तिर्ने गरी आवदेन सङ्कलन थालिएको अरुण–७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।
कार्यक्रमले वडामा बसोबास गर्ने अति गरिब, विपन्न, दीर्घरोगी तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेको उहाँले बताउनुभयो । “हामीले गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “आर्थिक रूपमा कमजोर भएकाहरू कार्यक्रमबाट लाभान्वित हुने अपेक्षा लिएका छौँ ।”
राज्यले ज्येष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिरहेको भए पनि गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर वडाले शुल्क बेहोर्ने गरी पालिकाले कार्यक्रम सञ्चालनमा ल्याएको वडाध्यक्ष थापाले उल्लेख गर्नुभयो ।
वडाले सञ्चालन गर्न लागेको नागरिक साझेदारी स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत वार्षिक रु तीन हजार पाँच सय तिर्दै आएका परिवारले अब रु एक हजार तिर्नु पर्नेछ भने वडा कार्यालयले रु दुई हजार पाँच सय बिमा शुल्क बापतको रकम तिर्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार