असार २४, २०८२ मंगलबार July 8, 2025

आठ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला

सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा प्रयोगशाला स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मान्म (कालीकोट), २२ मङ्सिरः जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीस्थित पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक परीक्षणका लागि प्रयोगशाला स्थापना भएको हो ।

कक्षा १ देखि १२ सम्म अध्यापन हुने पञ्चदेव माध्यमिक विद्यालयमा किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकाद्वारा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा प्रयोगशाला स्थापना भएको छ ।

पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधिबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताउनुभयो ।

“प्रयोगशाला स्थापना गर्न जिल्लास्थित किर्डाक नेपाल र प्लान नेपालको सहयोगमा रु छ लाख २४ हजार ३७, सान्नीत्रिवेणी गाउँपालिकाले रु एक लाख ५० हजार, विद्यालयबाट रु ५० हजार लगानी गरिएको छ”, प्रअ देवकोटाले भन्नुभयो, “विद्यालयमा अध्यापन गर्ने विद्यार्थीले विज्ञानसम्बन्धी जानकारी र आवश्यक ज्ञान वृद्धि गर्न प्रयोगात्मक काममा प्रयोगशाला सहयोगी बन्ने अपेक्षा लिएका छौँ ।”

विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । “अहिले विद्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याएका छौँ । आगामी दिनमा सूचना प्रविधिसम्बन्धी सामग्री थप गर्दै लैजाने योजना छ”, उहाँले भन्नुभयो, “पालिकाका सबै विद्यालयमा विज्ञान प्रयोगशालासँगै हरित विद्यालय बनाउन लागिरहेका छौँ ।”

विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाइ भइरहेको थियो । प्रयोगशाला सञ्चालन भएसँगै प्रभावकारी सिकाइसहित प्रयोगात्मक ज्ञान प्राप्त हुने विद्यालयका विज्ञान शिक्षक रत्नलाल अधिकारीले बताउनुभयो । “प्रयोगशालाका लागि पर्याप्त सामग्री उपलब्ध भएपछि विद्यालयको कक्षाकोठामा छुट्टै प्रयोगशाला स्थापना गरिएको छ”, उहाँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार