काठमाण्डौंः नेपालमा पछिल्लो चाैविस घण्टामा एकसय जना कोरोना भाइरसका नयाँ बिरामी थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एकसय जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभएको छ ।
पछिल्लो थप भएसँगै नेपालमा बुधबारसम्म ५ हजार ३ सय ७० जनामा कोरोना भाइरसका सक्रिय बिरामीको संख्या पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ सय ७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म १२ हजार ६ सय ८४ जना कोरोनाका बिरामी पूर्ण रुपमा निको भई डिस्चार्ज भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया