असार २४, २०८२ मंगलबार July 8, 2025

समयानुकूल गुणस्तरीय शिक्षा आवश्यक : प्रदेश प्रमुख भट्ट

“शिक्षा क्षेत्रमा राज्यको एक चौथाइ भार बहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सक्नुुपर्छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समयानुुकूल गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) कास्कीद्वारा आयोजित प्याब्सन स्पोर्टस् मिट–२०८१ को आज आइतबार आयोजित समापन समारोहमा प्रदेश प्रमुख भट्टले अबको युग प्राविधिक दक्षतायुक्त व्यक्तिको युुग भएकाले प्राविधिक ज्ञानसहितको शिक्षाको विकल्प नरहेको बताए ।

शिक्षालाई प्रविधिसँग जोड्दै विद्यार्थीलाई समय सुहाउँदो दक्ष नागरिक उत्पादनमा निजी विद्यालय सफल हुने उनले विश्वास व्यक्त गरे ।शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले देशप्रति गर्व गर्ने योग्य नागरिक उत्पादन गर्न निजी विद्यालयको भूमिका हुने बताए ।

“विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि निजी विद्यालयहरुले उत्तिकै ध्यान दिनु आवश्यक देखिन्छ”, उनले भने, “शिक्षा क्षेत्रमा राज्यको एक चौथाइ भार बहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सक्नुुपर्छ ।”

समयानुकूल परिमार्जित शिक्षा उपलब्ध गराउनका लागि शिक्षकहरूलाई तहगत तालिम, शिक्षक तथा कर्मचारीलाई राज्यले तोकेबमोजिम श्रमको मूल्य प्रदान गर्नतिर पनि निजी क्षेत्रको ध्यान जानुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिए । विद्यार्थीलाई खेलकुदमा जोडेर उनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर यस्ता कार्यक्रमबाट मिल्ने भन्दै उनले निजी विद्यालयहरू राज्यका महत्वपूर्ण सहयोगी अङ्गका रुपमा रहेको उल्लेख गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार