श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेबिसंघ नुवाकोटको अध्यक्षमा आठ जना आकांक्षी ,यस्ता छन् दावेदार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । नेपाली कांग्रेसको प्रमुख भातृसंस्था नेपाल विद्यार्थी संघको १३ औँ अधिवेशनमा ३१ वर्षे उमेर हदबन्दी लागेसँगै नुवाकोटमा पनि अधिवेशनको सरगर्मी बडेको छ ।

नेबिसंघको वर्तमान समितिको दुई वर्षे कार्यकाल समाप्त भएपछि जिल्ला क्षेत्र र क्याम्पसमा नेबिसंघमा रहेका विद्यार्थी नेताहरु नै अध्यक्षका प्रमुख पदका दाबेदार छन ।

नेपाली कांग्रेसको नर्सरीको रुपमा लिइने नेविसंघलाई कांग्रेसभित्र प्रमुख शक्तिको रुपमा लिइन्छ । परिणाम स्वरुप नेविसंघलाई कांग्रेस वृतमा कसले आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा यतिवेला लागेका छन ।

नुवाकोट जिल्लामा अधिबेशनको सरगर्मी बढेसगै नेताहरुले आफ्नो उमेद्वारहरुलाइ क्रियाशिल हुन आग्रह गरीरहेका छन । नुवाकोट नेपाली काँग्रेस भित्र बर्चश्व राख्ने ठुला हाइट भएका नेताहरुको जिल्ला पनि हो । अर्जुन नरसिंह केसी,डा.रामशरण महत,डा.प्रकाश शरण महत,बहादुर सिंह लामा सहित ४ जना केन्द्रिय सदस्य रहेको जिल्ला पनि हो ।

यसकारण पनि याँहा नेसिबंघको अधिवेशन फरक र रोमान्चक पनि मानिन्छ । यस पटक नुवाकोट काँग्रेसको इतिहासमै नेविसंघको फरक किसिमको निर्बाचन हुनेछ ।

नेपाली काँग्रेसका २ ठुला नेताद्धय अर्जुन नरसिंह केसी र डा रामशरण महत एक भएर नेविसंघको महाँधिवेशनमा आफ्नो उमेद्वार बनाउने भएका छन । नुवाकोटमा अधिबेशनको सरगर्मी बढेसगै १० जनाले आफ्नो आकाक्षाँ प्रस्तुत गरीरहेका छन ।

बिद्यार्थी नेताहरु,नित्यराज ढुङगाना,कृष्ण मिश्र,बिजय गुरुङ,नमराज सुबेदी,स्वएच्छा उप्रेती,पवन थापा,माधव शर्मा,शुर्वण श्रेष्ठ लगायतले जिल्ला अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरीरहेका छन ।

माथीका उमेद्वार मध्यका कृष्ण मिश्र,नमराज सुबेदी,स्वऐक्षा उप्रेती,पवन थापा, शुर्वण श्रेष्ठ नेताद्धय अर्जुन नरसिंह केसी र डा रामशरण महत निकटका हुन भने नित्यराज ढुङगाना, बिजय गुरुङ र माधव शर्मा नेताद्धय डा प्रकाशशरण महत र बहादुर सिंह लामा निटकका हुन ।

धेरै आकाक्षी भएपनि अन्तिमसम्म २ टिमबाट एक–एक जना मात्र अध्यक्षमा प्रतिसपर्दा हुने देखिएको छ । अर्जुन नरसिंह केसी डा रामशरण महत पार्टी सभापति जगदिश्वर नरसिंह केसी र रमेश कुमार महतबाट साझा एक उमेद्वार बनाउने तयारी भैरहेको छ । नेपाली काँग्रेसले जिल्लामा ब्यर्होनु रहेको ठुलो हार सगै पार्टीलाई चलायमान बनाउन पनि नेताहरु एकैठाउमा उभिएका छन ।

अर्जुन नरसिंह केसी डा रामशरण महतले लोकप्रिय उमेद्वारलाई अगाडी बढाउने तयारीमा रहेका छन । बिद्यार्थी नेताहरु कृष्ण मिश्र,नमराज सुबेदी,स्वऐच्छा उप्रेती,पवन थापा, शुर्वण श्रेष्ठ गरी ५ जनामा सबैभन्दा लोकप्रिय उमेद्वारको रुपमा नमराज सुबेदीलाई लिइएको छ । भाबि पुस्ताको साथ संगठन प्रति बफादार,इमान्दारिता र नैतिकता सांङगठनिक सुधारको पक्षमा तथा बिद्यार्थी हकहितको पक्षमा दत्तचित्त भएर लागेका सुबेदी प्रबल दाबेदारको रुपमा छन । अग्रजको सम्मान र नयाँलाई प्रोहोत्सान गदै आएका सुबेदी साझा उमेद्वारको रुपमा रहनसक्ने बिश्वास लिइएको छ । जिल्लामा नै बसेर राजनिति गरीरहेका सुबेदी नेबिसंघको अध्यक्ष बन्ने संकेत देखिएको छ । जिल्लामा रहेका ठुला–ठुला क्याम्पसमा समेत उनको प्रभाब छुट्टै देखिएको छ । अन्य बिद्यार्थी नेताहरु काँठमाण्डौ केन्द्रित रहने र जिल्लामा खासै कार्यक्रममा मात्र देखिने भएकोले पनि सुबेदीलाई साझा उमेद्वार बनाउने देखिएको छ ।सुबेदीले बाम सरकारले बढाएको एकिकृत सम्पती करको आन्दोलनमा समेत नेबिंसंघको तर्फबाट अग्रणी भुमिका खेलेका थिए । उनि आन्दोलनबाट प्रहरी हिरासतमा समेत गरेका हुन । काँग्रेस प्रतिपक्षमा रहेका बेला उनको नेतृत्वमा जिल्लामा धेरैे रचनात्मक कार्यक्रम हुने बिश्वास लिइएको छ । नुवाकोटमा आफ्नो पक्षले नेबिसंघ बिजय गर्न नसकेमा केन्द्रमा समेत अर्जुन नरसिंह केसी र रामशरण महत कमजोर हुने र आगामी पार्टीको अधिबेशनमा नुवाकोटमा नै ग्रार्हो पर्ने भएकाले पनि जिल्लामा बसेर संगठन गरिरहेका सुबेदीलाई मैदानमा लेजाने तयारी गरिरहेका छन । अन्य आकाक्षीँहरुलाई पनि बिभिन्न स्थरमा सुरक्षित गर्दै नेबिसंघको पल्लाभारी आफ्नो पोल्टामा पार्न नेताहरु लागिरहेका छन । सुबेदी साविकको क्षेत्रहरु १,२ र ३ मै बलियो देखिन्छन । बिद्यालय राहत सामाग्री,स्टेशनरी सामाग्री र खानेपानिका क्षेत्रमा जिल्लाको धैरै बिद्यालय पुगेका छन । बिद्यार्थीमाझ पपुलर रहेका कारण पनि सुबेदी बलियो उमेद्वार रहेको नेविसंघका विद्यार्थी बताउँछन् । आगामी अधिवेशनले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भएकोले पनि आसन्न अधिवेशनलाई चासो पुर्वक हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार