असार २५, २०८२ बुधबार July 9, 2025

सुनको मुल्य अहिलेसम्मकै उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सुनको मुल्यले दिनानुदिन नयाँ-नयाँ रेकर्ड बनाउदै गएको छ । बुधबारको तुलनामा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया