असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त

स्पेनका लागि सनिल नेपाल,  दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ राजदुतमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, मङ्सिर २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गर्नुभएको प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल,  स्पेनका लागि सनिल नेपाल,  दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे राजदूत नियुक्त हुनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया