काठमाडौँ । नेपाल पत्रकार महासंघको मतदान शान्तिपूर्ण तवरमा सम्पन्न भएको छ । महासंघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार भएको मतदान सम्पन्न भएको हो ।
महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको हो । मतदान सम्पन्न भएसँगै प्रक्रिया अनुसार मतगणना सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
मतगणना आजै रातिदेखि सुरु गर्ने र यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । मतगणना मतदान भएको स्थानमै हुनेछ ।
निर्वाचन समितिले शुक्रबार बिहान बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदानको समय तोकेको थियो ।
महासंघको केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवार बनेका छन् भने भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया