कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भारतीय अभिनेता ‘अल्लु अर्जुन’ पक्राउ

४२ वर्षीय अभिनेतामाथी खतरनाक हतियार वा साधनले स्वेच्छाले चोट पुर्याउनेलगायत तीनवटा अपराधको आशङ्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँ दिल्ली, मङ्सिर २८ गते । भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै महिना भारतका दक्षिणी शहर हैदरावादको एक सिनेमा हलमा अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २ : द रूल’ को विशेष प्रदर्शन (स्क्रिनिङ) का लागि पुग्नु भएको थियो । उहाँलाई हेर्न ठूलो भीड भेला भएको र भीड अनियन्त्रित हुँदा भाग दौड मच्चिएको र एक महिलाको मृत्यु भएको थियो ।

नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, “४२ वर्षीय अभिनेतालाई खतरनाक हतियार वा साधनले स्वेच्छाले चोट पु¥याउनेलगायत तीनवटा अपराधको आशङ्कामा पक्राउ गरिएको हो ।

अधिकारीका अनुसार यस घटनामा संलग्न अन्य सातजनालाई यसअघि नै पक्राउ गरिसकिएको छ ।

टेलिभिजन टिभी नाइनले सामाजिक सञ्जाल ‘एक्स’मा शेयर गरेको भिडियोमा अभिनेताले कफीको कप समातेको र उहाँलाई हिरासतमा लिन आफ्नो निवासमा पुगेका अधिकारीसँग कुरा गरिरहेको देखिएको छ ।

आफ्नो छोरासँग स्क्रिनिङमा सहभागी भएकी ३० वर्षीया एक महिलाको डिसेम्बर ४ मा भएको भागदौडमा परी मृत्यु भएको थियो ।

महिलाका परिवारले अर्जुन, उहाँको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापनविरुद्ध उजुरी दर्ता गराएको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।

अर्जुनले दुर्घटना भएको दुई दिनपछि घटनाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै घटनाबाट आफू निकै मर्माहत भएको बताउनुभएको थियो ।

उहाँले एक्समा लेख्नुभएको छ, “परिवार दुःखी हुने अवस्थालाई सम्मान गर्दै म उनीहरूलाई यो चुनौतीपूर्ण यात्राबाट फर्कन मद्दत गर्न हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु।”

अर्जुनको दक्षिण भारतमा निकै लोकप्रिय अभिनेताका रूपमा स्थान छ र ‘पुष्प फिल्म फ्रेन्चाइज’ले बक्स अफिसमा करोडौं कमाएको छ ।

उहाँले दुई वर्षअघि रिलिज भएको सिरिजको पहिलो चरणमा नै आफ्नो शीर्ष भूमिकाका लागि भारतको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्नुभएको छ । रासस, एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार