कार्तिक ४, २०८३ बुधबार October 21, 2026

अज्ञात समूहद्वारा शुक्लाफाँटा नगरपालिकाको वडा कार्यालयमा आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः गए राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्ष पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए ।

अज्ञात समूहले वडा कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।”

सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेकोले के कति क्षति भएको एकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया