श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चलचित्र ‘कर्मा’ को शुभ–मुहुर्तसँगै दाङ र रुकुमबाट छायाङ्कन सुरु

चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्र ‘कर्मा’ को शुभ–मुहुर्तसँगै छायांकन सुरु गरिएको छ।

निर्देशक चौधरीले शुक्रबार दाङको घोराहीबाट चलचित्रको छायांकन थालनी गरेका हुन्। ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने यो चलचित्रको मुख्य भूमिकामा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवले अभिनय गर्दैछन्।

चलचित्रमा उपासना, विपिनको जोडीका रूपमा प्रस्तुत हुनेछिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिनेछन्।एक्सन ड्रामा जनरामा निर्माण भइरहेको यो चलचित्रको कथा निर्देशक चौधरी आफैंले लेखेका हुन्।

उनले यसपटक अभिनेता विपिनलाई पहिलो पटक एक्सन अवतारमा प्रस्तुत गर्न लागेको बताएका छन्। निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए।

‘कर्मा’ उनको तेस्रो निर्देशकीय चलचित्र हो। ‘अगस्त्यः च्याप्टर १’ बाट राम्रो प्रतिक्रिया पाएका चौधरीको ‘कर्मा’ प्रति दर्शकहरूको उच्च अपेक्षा रहेको देखिन्छ।

‘कर्मा’ लाई आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिँदैछ। बसन्त लम्सालले लगानी गरेको यस चलचित्रले छायांकन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको छ।

चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया