कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चलचित्र ‘कर्मा’ को शुभ–मुहुर्तसँगै दाङ र रुकुमबाट छायाङ्कन सुरु

चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्र ‘कर्मा’ को शुभ–मुहुर्तसँगै छायांकन सुरु गरिएको छ।

निर्देशक चौधरीले शुक्रबार दाङको घोराहीबाट चलचित्रको छायांकन थालनी गरेका हुन्। ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने यो चलचित्रको मुख्य भूमिकामा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवले अभिनय गर्दैछन्।

चलचित्रमा उपासना, विपिनको जोडीका रूपमा प्रस्तुत हुनेछिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिनेछन्।एक्सन ड्रामा जनरामा निर्माण भइरहेको यो चलचित्रको कथा निर्देशक चौधरी आफैंले लेखेका हुन्।

उनले यसपटक अभिनेता विपिनलाई पहिलो पटक एक्सन अवतारमा प्रस्तुत गर्न लागेको बताएका छन्। निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए।

‘कर्मा’ उनको तेस्रो निर्देशकीय चलचित्र हो। ‘अगस्त्यः च्याप्टर १’ बाट राम्रो प्रतिक्रिया पाएका चौधरीको ‘कर्मा’ प्रति दर्शकहरूको उच्च अपेक्षा रहेको देखिन्छ।

‘कर्मा’ लाई आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिँदैछ। बसन्त लम्सालले लगानी गरेको यस चलचित्रले छायांकन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको छ।

चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार