चैत्र १३, २०८१ बुधबार March 26, 2025

के हत्केला चिलाउँदा पैसा आउँछ ?

अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि सङ्केत हुन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ । विशेषगरी दाहिने हात चिलाउँदा पैसा जाने र देब्रे हात चिलाउँदा पैसा आउने धारणा छ ।

तर चिकित्सकहरू भने बारबार हत्केला चिलाउनु छालालगायतको स्वास्थ्य समस्या हुन सक्ने बताउँछन् ।

हत्केला शरीरको संवेदनशील अङ्गमध्ये एक हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्ने चिकित्सकहरू बताउँछन् ।

हत्केला चिलाउनु पैसा आउने र जाने नभइ छालाका कोषहरूको तीव्र वृद्धि भई छालाको सतहमा जम्मा हुँदा हत्केला चिलाउने चिकित्सकहरू बताउँछन् ।

अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि सङ्केत हुन सक्ने चिकित्सक बताउँछन् । मधुमेह र छालाको समस्या एक अर्कामा सम्बन्धित रहन्छ ।

यस्तै कलेजोमा गम्भीर समस्या आउँदा पति छालाको कोषहरू तीव्र वृद्धि भएमा हत्केला चिलाउन सक्छ ।

हत्केला चिलाउँदा हत्केला सफा र सुख्खा राख्ने, धुँदा पनि हत्केला बेस्सरी मिचेर वा रगडेर नधुने, लोसनहरू लगाइ राख्ने गर्नुपर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया