जेठ ३०, २०८३ शनिबार June 13, 2026

के हत्केला चिलाउँदा पैसा आउँछ ?

अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि सङ्केत हुन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ । विशेषगरी दाहिने हात चिलाउँदा पैसा जाने र देब्रे हात चिलाउँदा पैसा आउने धारणा छ ।

तर चिकित्सकहरू भने बारबार हत्केला चिलाउनु छालालगायतको स्वास्थ्य समस्या हुन सक्ने बताउँछन् ।

हत्केला शरीरको संवेदनशील अङ्गमध्ये एक हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्ने चिकित्सकहरू बताउँछन् ।

हत्केला चिलाउनु पैसा आउने र जाने नभइ छालाका कोषहरूको तीव्र वृद्धि भई छालाको सतहमा जम्मा हुँदा हत्केला चिलाउने चिकित्सकहरू बताउँछन् ।

अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि सङ्केत हुन सक्ने चिकित्सक बताउँछन् । मधुमेह र छालाको समस्या एक अर्कामा सम्बन्धित रहन्छ ।

यस्तै कलेजोमा गम्भीर समस्या आउँदा पति छालाको कोषहरू तीव्र वृद्धि भएमा हत्केला चिलाउन सक्छ ।

हत्केला चिलाउँदा हत्केला सफा र सुख्खा राख्ने, धुँदा पनि हत्केला बेस्सरी मिचेर वा रगडेर नधुने, लोसनहरू लगाइ राख्ने गर्नुपर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार