असोज ३, २०८३ शनिबार September 19, 2026

गोपालमानको निधनमा कांग्रेसले तीन दिन पार्टी झन्डा झुकाउने

स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने भएको छ।

आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार साउन १३ देखि १५ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको चारतारे झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

त्यसो त, साउन १४ गते सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि आजको बैठकले गरेको छ।

साथैं, १३ औँ दिनको काजक्रिया सम्पन्न भए पछि गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गरिने भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया