सुन्दरहरैँचा, १ पुसः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई गुणस्तरीय साथै व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व भएको बताउनुभएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना माध्यमिक विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज मुख्यमन्त्री कार्कीले सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले शैक्षिक विकासका लागि सुकुना माध्यमिक विद्यालयले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो । उहाँले विद्यालयले कोशी प्रदेश सरकारको शैक्षिक नीति बमोजिम शैक्षिक योजना बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयमा हाल चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया