श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम

मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, ३ पुसः धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ ।

धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीका अनुसार सातवटा वडामा एक–एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रममार्फत आठ सय १६ जना विभिन्न रोगका बिरामीले सेवा पाएका छन् । ताकममा एक सय छ, मुदीमा एक सय २५, मुनामा एक सय १५, लुलाङमा एक सय ३५, मराङमा एक सय १५, मल्कवाङमा एक सय १५ र गुर्जामा एक सय ३५ जनाले सेवा पाएका हुन् ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । “भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सकसहितको टोली गाउँगाउँमा पुगेर सेवा दिएका छौँ ।”

कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिएको छ । मुटु, मिर्गौैला, मधुमेह, उच्चरक्तचापलगायत रोगीहरूलाई पहिचान गर्ने र उनीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ ।

बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समिर भण्डारी र रोजिना कटुवालसहितको टोलीले सेवा दिएका थिए । धवलागिरि गाउँपालिकामा सातवटा वडा छन् । सवै वडामा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार