श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल

मिर्गाैलाका बिरामीको डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभागमा सूचीकृत भएपछि सेवा दिन सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, ३ पुस : तनहुँको पूर्वी नाकामा पर्ने आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले स्वास्थ्य सेवालाई मजबुद बनाएको छ ।

स्थानीय तहमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरेर ख्याति कमाएको यस अस्पतालले हेमोडायलासिसका साथै शल्यक्रियासहितको आमा सुरक्षा कार्यक्रम गर्न स्वीकृति पाएको हो ।

मङ्सिर महिनामा थप तीन वटा स्वास्थ्य सुविधाका लागि स्वास्थ्य सेवा विभागबाट अनुमति पाएपछि यस क्षेत्रका बासिन्दालाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

दमौली अस्पतालका सुपरीटेन्डेन एवं सर्जन डा परिवर्तन बरालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले केही दिनअघि स्थानीय ५९ वर्षका माधवप्रसाद वाग्लेको हर्नियाको सफल शल्यक्रिया गरेको थियो ।

त्यसैगरी मिर्गाैलाका बिरामीको डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभागमा सूचीकृत भएपछि सेवा दिन सुरू गरेको सो अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा केही दिनअघि गएको टोलीले अस्पतालमा सेवा सञ्चालनका लागि सूचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको जनाएपछि मन्त्री पौडेलले सहजीकरण गर्नुभएको थियो ।

सेवा सूचीकृतका साथै अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा सघाउने मन्त्री पौडेलबाट आश्वासन पाउँदा थप हौसला मिलेको अध्यक्ष चुमानले बताउनुभयो ।

साथै, स्वास्थ्य सेवा विभागको मङ्सिर २६ गतेको निर्णयले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि अनुमति स्वीकृत प्रदान गरेको छ ।

उक्त कार्यक्रम लागू भएसँगै गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् ।

उक्त अस्पतालबाट तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही क्षेत्रका बासिन्दाले सेवा लिँदै आएको आँबुखैरेनी अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार