असार २४, २०८२ मंगलबार July 8, 2025

घरजग्गा कारोबार एकै महिनामा ह्वात्तै बढ्यो

एकैमहिनामा ४३ हजार लिखत पारित, ३ अर्ब ८७ करोड राजस्व संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मंसिर महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ । गत वर्ष मंसिरको र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो । गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई लिखत पारित भएकामा यसपालिको मंसिरमा यस संख्यामा वृद्धि भई ४३ हजार ३ सय ७९ वटा लिखत पारित भएको छ ।

जबकि, चालू आर्थिक वर्ष २०८१–८२ को कात्तिकमा देशभर ३३ हजार ५ सयको संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो ।

साउन, भदौ, असोज र कात्तिकमा भएको कारोबारका आधारमा मंसिरमा कारोबार बढेको छ । असोजमा देशभर ३० हजार ५ सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो । भदौमा देशभर ३२ हजार ७ सय संख्यामा घरजग्गा कारोबार भएको थियो । साउनमा देशभर ४३ हजार ८ सय संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ ।

घरजग्गा कारोबारबाट मंसिरमा मात्रै ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजस्व उठेको छ ।

यसअघि साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो ।

गत आवको तुलनामा चालू आवको मंसिरमा घरजग्गा कारोबारको लिखत पारितसँगै राजस्वमा केही सुधार देखिएको छ ।

गत कात्तिकमा घरजग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ रुपैयाँबराबरको राजस्व संकलन भएकामा मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रुपैयाँबराबर संकलन भएको हो ।

मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागका अनुसार मंसिरमा सबैभदा बढी राजस्व चितवन मालपोतबाट उठेको छ । चितवनबाट ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ उठेको हो । यसैगरी, मालपोत कार्यालय लगनखेलले ३३ करोड ९५ लाख २ हजार ८ सय ७३ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय कलंकीले २६ करोड ५७ लाख २५ हजार ४ सय २५, मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । यसपछि बढी राजस्व उठाउनेमा भक्तपुर मालपोत रहेको छ । भक्तपुरबाट २२ करोड ५८ लाख २३ हजार रुपैयाँ उठेको छ । डिल्लीबजार मालपोतले भने १९ करोड ९६ लाख रुपैयाँ उठाएको छ ।

साँखुले ७ करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २ सय ३३, टोखाले ७ करोड १२ लाख ४५ हजार ७ सय ६५ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । कास्की मालपोतले भने १३ करोड ५९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३ सय ९१ रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।

विभागमा अनुसार मंसिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार ६ सय ९० रुपैयाँ उठेको छ । रजिस्ट्रेसन दस्तुर २ अर्ब ६३ करोड ७८ लाख १२ हजार ३ सय ४० रुपैयाँबराबर संकलन भएको छ ।

यसैगरी, १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार ७ सय १४ रुपैयाँबराबरको पुँजीगत लाभकर संकलन भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको जनाएको छ । यो कारोबार कात्तिकको तुलनामा २९ दशमलव ४३ प्रतिशतले बढी हो ।

गत कात्तिकमा देशभर ३३ हजार ५ सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । गत आव २०८०–८१ को मंसिर महिनाको तुलनामा पनि यस वर्ष मंसिरमा ३ दशमलव ६५ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिएका छ । गत वर्ष मंसिरमा देशभर ४१ हजार ८ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागका अनुसार सबैभन्दा बढी लिखत पारित इनरुवा सुनसरीमा भएको छ । त्यहाँ एक महिनामा १ हजार ५ सय ५३ वटा लिखत पारित भएको थियो । मोरङमा १ हजार ४ सय ४२ वटा लिखत पास भएको छ । भद्रपुर झापाको मालपोत कार्यालयबाट १ हजार ३ सय ९८, कैलालीमा १ हजार २ सय २८ र धनुषामा १ हजार १ सय ३७ वटा कारोबार भएको छ । त्यसपछि बढी लिखत पारित भएका मालपोत कार्यालयमा राजविराज, मलंगवा, नेपालगन्ज, भक्तपुर र कोहलपुर रहेका छन् ।

सबैभन्दा कम घरजग्गा कारोबार भएका मालपोत कार्यालयमा सिर्दिवास, मनाङ, मुस्ताङ, खिजिफलाटे, हुम्ला, जोगबुढा, मुगु, इलाम, गोटीखेल, अछाम, खोटाङ, बझाङ, डोल्पालगायतका छन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार