काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
यसैगरी २४ घण्टामा १ सय ७ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया