असार २५, २०८२ बुधबार July 9, 2025

एकैदिन १३ सयले बढ्यो सुनः ९५ हजार ८ सय रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनको मुल्य दिनप्रतिदिन नयाँ रेकर्ड तोड्दै अगाडी बढिरहेको छ ।

शुक्रबार आज सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको हो ।

हिजो बिहिबार मात्र ९४ हजार ५ सयमा कारोबार भएको सुन चाैविस घण्टा नपुग्दै आज एकैदिन १३ सयले बढेर नयाँ रेकर्ड राखेको हो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया