कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

न्यायालयलाई असर र प्रभाव पार्ने कुरा कदापि स्वीकार्य हुदैन : प्रधानन्यायाधीश राउत

सञ्चारकर्मी र न्यायाधीशका आआफ्नो आचारसंहिता रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमान न्यायालय पारदर्शितामा अब्बल रहेको बताउनुभएको छ ।

न्यायधीश समाज नेपालले आयोजना गरेको न्यायपालिकाको जनआस्था अभिबृद्धिमा सञ्चारकर्मीको भूमिका सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायालय खुला अदालतको अवधारणामा अघि बढिरहेको बताउँदै निष्पक्षतामा कुनै संशय नरहेको स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश राउतले न्यायालयलाई कतैबाट असर, आघात र प्रभाव पार्ने कुरा स्वीकार्य नहुने बताउनुभयो । उहाँले सञ्चारकर्मी र न्यायाधीशका आआफ्नो आचारसंहिता रहेको बताउँदै सबैले आफ्नो सीमामा रहेर गर्ने कामले न्यायालयको जनआस्था बढाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

सर्वोच्च अदालतका बरिष्ठतम् न्यायधीश सपना प्रधान मल्लले न्यायाधीशका आफ्नै सीमा रहेको बताउँदै न्यायाधीशले फैसलामार्फत बोल्ने बताउनुभयो । बरिष्ठतम् न्यायधीश मल्ले कुनैपनि प्रभाव न्यायपालिकालाई सह्य नहुने भन्दै समाचार सम्प्रेषण विना पूर्वाग्रह र तथ्यमा आधारित हुनुपर्ने बताउनुभयो ।

न्यायधीश कुमार रेग्मीले न्यायाधीशले फैसलाबाहेक नबोल्ने भएकाले न्यायाधीशका आवाज प्रेस जगतले बोलिदिनु पर्ने बताउनुभयो । न्यायधीश रेग्मीले अदालतमा हुने भ्रष्टाचार अझ संवेदनशील हुने भएकाले त्यसलाई समाचार बनाउँदा तथ्यमा आधारित हुनुपर्ने बताउनुभयो ।

न्यायधीश हरि फुयाँलले प्रेसले सत्य तथ्यमा रहेर समाचार लेख्दा अदालतको अवहेलाको मुद्दा नबन्ने र जनआस्था अभिबृद्धिमा सहयोग नै पुग्ने बताउनुभयो । न्यायधीश फुयाँलले अदालतका सूचना सम्प्रेषणका लागि मातहतका अदालतलाई सहजीकरण गर्न निर्देशन भएको जानकारी समेत गराउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै न्यायधीश समाजका अध्यक्ष एवम् सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठले विश्वास र जनआस्थाकै जगमा न्यायालय अडिएको बताउँदै यसलाई बचाउन प्रेस जगत र स्वयम् न्यायालयको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो । न्यायधीश श्रेष्ठले अदालतको विश्वास र पवित्रताप्रति शङ्का गर्ने अवस्था आए न्यायपालिकाको अस्तित्व नै समाप्त हुने बताउनुभयो ।

न्यायधीश समाज नेपालका महासचिव एवम् विशेष अदालतका अध्यक्ष टेक नारायण कुवरले अदालतको जनआस्था बढाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । विशेष अदालतका अध्यक्ष कुवरले सञ्चारमाध्यमले न्यायालयको सम्वेदनशीलतालाई मनन गरेर अदालतको जनआस्था अभिबृद्धिमा सहयोग पुग्ने स्मरण गराउनुभयो ।

मुख्य रजिस्टार देवेन्द्रराज ढकालले जनताको भरोसा नै अदालतको बल भएको भन्दै न्यायालयप्रतिको जनआस्था अभिबृद्धिमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्काले न्यायालयको जनआस्था बढाउन पहुँचलाई मुख्य जोड दिनुपर्ने बताउनुभयो । अध्यक्ष खड्काले सञ्चार क्षेत्रप्रतिको अदालतको अपेक्षा सूचनाको सहज पहुँचसँग जोडिने स्पष्ट पार्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार