असार २४, २०८२ मंगलबार July 8, 2025

उमा-गौरी सहकारी ठगीका अभियुक्त अझै फरार

सहकारी ठगीमा पक्राउ पुर्जी जारी गरिएका २५ जना समातिएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित उमा–गौरी कृषि सहकारीको रकम अपचलनमा मुद्दा चलाइएका २५ जना अझै पक्राउ परेका छैनन् । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालगायत अभियुक्त फरार रहेका हुन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम अपचलनमा २६ जनाविरुद्ध गत बिहीबार जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अभियुक्तमध्ये रोशन राजवंशी पहिले नै पक्राउ परेर पुपर्क्षका लागि थुनामा छन् । अन्य २६ जनालाई क्राउ गर्न गत मंगलबार मोरङ जिल्ला अदालतले पुर्जी जारी गरेको थियो ।

पुर्जी जारी हुँदा कोइराला विराटनगरमै थिइन् । विराटनगरको महेन्द्र रात्रि विद्यालयकी शिक्षक कोइराला गत शुक्रबार विद्यालयमा उपस्थित थिइन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत उपस्थित उनले आइतबारदेखि भने बिरामी भएको भन्दै पाँच दिन बिदा लिएको विद्यालयले जनाएको छ ।

ठगी आरोपमा सहकारीका अध्यक्ष शम्भु रौनियार, उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अन्सारी मियाँसहितविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरिएको छ । अधिकांश अभियुक्त पक्राउ नपर्दा सहकारीपीडितले प्रहरी मिलेमतोको शंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद जोशीले भने अभियुक्तहरूको खोजी कार्य तीव्र पारेको बताए । ‘आरोपित भारतमा लुकेर बसेको अनुमान छ,’ उनले भने ।

लेखा समिति सभापति पोखरेलले यसअघि सहकारी ठगीमा आफ्नो र परिवारको संलग्नता नभएको दाबी गर्दै आएका थिए । तर प्रहरीको अनुसन्धानमा कोइरालाको संलग्नता देखिएपछि जिल्ला अदालतमा मुद्दा चलाइएको हो । सहकारीले नबिल बैंक र आरएसडीसी लघुवित्तबाट २४ करोडभन्दा बढी ऋण लिएको थियो ।

तर कर्जाको ठूलो अंश सहकारीका पदाधिकारीले नै हिनामिना गरेको आरोप बचतकर्ताले लगाएका छन् । ऋणीका नाममा धितो राखेर लिएको कर्जाको आधा रकम सम्बन्धित व्यक्तिलाई नदिई सञ्चालकले हिनामिना गरेको देखिएको छ ।

२०७२ देखि २०७८ सम्म सञ्चालक समिति सदस्य रहेकी कोइरालासमेतको हस्ताक्षरबाट सहकारीले कर्जा लिएको प्रमाण अभियोगपत्रमा समेटिएको छ । नबिल बैंकमा धितो राखेर लिएको ऋण फिर्ता गर्न नसक्दा सहकारीका करिब पाँच हजार सेयर सदस्य प्रभावित भएका छन् ।

‘कर्सिया क्षेत्रमा धेरै बचतकर्ता पीडित भएका छन्,’ सहकारीका सदस्य श्यामप्रसाद राजवंशीले भने, ‘मेरो पनि डुबेको छ ।’ दसैंको बहाना बनाएर गत कात्तिक १३ मा बन्द गरिएको सहकारी अहिलेसम्म खुल्न सकेको छैन ।

सभापति पोखरेलको राजीनामा माग माओवादी केन्द्रको कोशी संसदीय दलले उमा–गौरी सहकारी संस्था ठगीमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको भन्दै संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

संसदीय दलका नेता इन्द्र आङ्बोले सहकारी ठगीमा अञ्जला कोइरालाको संलग्नता प्रहरीको अनुसन्धानमा देखिएकाले पोखरेलले सभापति पदबाट राजीनामा दिनुपर्ने बताए ।

आङ्बोले पोखरेल सत्तारूढ दल एमालेको नेता भएका कारण सहकारीको ठगीसम्बन्धी अनुसन्धान प्रभावित भएको बताए । ‘निष्पक्ष अनुसन्धानका लागि पोखरेलको राजीनामा गर्नुको विकल्प छैन,’ बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘सरकारलाई वित्तीय अनुशासनमा राख्ने निकायको प्रमुखकै पत्नी सहकारी ठगीमा मुछिएको विषय सामान्य होइन ।’ कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार