श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला ३२ दिनपछि खुल्यो

उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धतापछि आन्दोलनका सबै कार्यक्रम स्थगन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०५ पौष । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ता नपाएको विषयलाई लिएर सुरू भएको आन्दोलन स्थगन भएको छ ।

आन्दोलनरत शिक्षक तथा कर्मचारीका अनुसार उपकुलपतिबाट माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि बिहीबारदेखि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको हो ।

प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियो ।

उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।

आन्दोलनका क्रममा रजिष्ट्रारबाट गठित वार्ता समितिसँग पटकपटक छलफल भएपछि २०८१ साल पुस ४ गते उपकुलपतिबाट छुट पदसमेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदका सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको आन्दोलित कर्मचारीले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

सो प्रतिबद्धताका आधारमा आन्दोलनरत शिक्षक तथा कर्मचारीले आजबाट आन्दोलनका सबै कार्यक्रम स्थगन गरी नियमित कार्यालय कामकाजमा फर्किने जानकारी गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार