कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सहकारी ठगी प्रकरणमा जीबी राइसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता

रवि लामिछाने, छविलाल जोशीलगायतको हकमा भने आइतबार अभियोग दर्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ५ पुस । सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुरक अभियोग दर्ता गराएको छ ।

जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार जिबीलाई यसअघि सहकारी ठगीमा मात्रै मुद्दा चलाइएकोमा यसपटक संगठित अपराध र सम्पत्तिसुद्धीकरणको अभियोग थप गरिएको छ । प्रतिवादी १९ जनामध्ये १६ जनालाई संगठित अपराधको दफा थप गरिएको छ ।

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्षसमेत रहेका जीबी राई, पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल लगायतमाथि सहकारी ठगीमा यसअघि नै मुद्दा दायर भइसकेको थियो ।

सोही सहकारी ठगी आरोपमा कांस्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलगायतको हकमा भने आइतबार अभियोग दर्ता हुने बताइएको छ ।

प्रतिवादीहरुको विगोसमेत थप गरिएको छ । यसअघि १ अर्ब ११ करोड, १९ लाख, ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गरिएकोमा अहिले बिगो थप भइ १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ कायम गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार