श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही । यहाँको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेका छिन् । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उनको गुनासो छ । “स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन”, उनले भनिन् । आफ्नै खर्चमा गाउँ–गाउँ पुग्ने गरेको उनी बताउँछिन् ।

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन् । “हामीले दुःखमात्र गरेका छौँ श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन् ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताइन् । “घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनौ”, उनले भनिन्, “वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।”

घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहुँच नहुँदा काम गर्न समस्या भएको बताइन् । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी छन् ।

उनले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताइन् । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उनले बताइन् । गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उनको गुनासो छ । उनी भन्छिन्, “हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।”

केही दिन अघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार