कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछानेको सांसद पद धरापमा : कास्की प्रहरीको पत्र संसद सचिवालयमा दर्ता

जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणसहित ३ वटा कसुरमा मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, ०७ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणसहित ३ वटा कसुरमा मुद्दा दर्ता भएसँगै उनी निलम्बित हुने भएका हुन् । कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भए स्वत: निलम्बित हुने कानुनी प्रावधान छ ।

लामिछानेलाई निलम्बन गर्न कास्की प्रहरीले सभामुखलाई सम्बोधन गरी लेखेको पत्र संसद सचिवालयमा पुगिसकेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज अबेला चिठी आइपुगेको हो ।

प्रहरीको पत्र ढिला प्राप्त भएकाले यसबारे भोलि प्रक्रिया अघि बढ्ने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार