जेठ ५, २०८१ शनिबार May 18, 2024

सडकमा सुतेर विरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः साझा पार्टीले सर्वाेच्च अदालतबाट गीता ढकालको हत्याका सम्बन्धका आरोपीलाई उन्मुक्ति दिने ढङ्गबाट त्रुटिपूर्ण फैसला भएको भनी आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेको छ । सर्वाेच्च अदालतको पछिल्लो फैसलाले कानूनी राज्यको उपहास भएको सो पार्टीले जनाएको छ ।

फैसलाको विरुद्धमा साझा पार्टीका पदाधिकारीले न्यायको प्रतीक तराजुसहित माइतीघर नजिक सडकमा लम्पसार सुतेर आज विरोध जनाए । कार्यक्रममा प्रदेश नं ३ का सदस्य शोभा शाक्य र संयोजक रवीन्द्र मिश्र, नेतृ समीक्षा सापकोटालगायतका वक्ताले आम नागरिकको आशा र भरोसा गरेको न्यायलयबाट भएको पछिल्लो फैसला त्रुटिपूर्ण रहेकाले सच्याउन सुझाव दिनुभयो ।

सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको जन्मकैद गर्ने फैसला सर्वाेच्च अदालतले उल्टाएर दण्ड सजाय घटाएको थियो । न्यायको मन्दिरका रूपमा रहेको सर्वाेच्च अदालतबाट किन यस्तो फैसला भयो, विभिन्न कोणबाट टिकाटिप्पणी हुँदै आएको छ । महान्यायाधीवक्ता कार्यालयले उक्त निर्णय पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

उक्त फैसलाबाट समाजमा न्याय मरेको जनाउँदै साझा पार्टीका समर्थकले सडकमा सुतेर विरोध जनाएका हुन् । नेपाली झण्डा र पार्टीको चुनाव चिह्नको ब्यानर बोकेका साझाका समर्थकले त्रुटिपूर्ण फैसला रद्द गर्न, पीडितलाई न्याय दिन तथा गैरन्यायिक फैसला खारेज गर्न माग गरिएको प्लेकार्ड प्रर्दशन गरेका थिए । उक्त पार्टीले न्यायका लागि साझा यात्रा नाम दिएर उक्त विरोधको अभियान शुरु गरेको जनाएको छ ।

यसअघि उक्त पार्टीले न्यायालयको समग्र सुधारको माग गर्दै ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयबाट माइतीघर मण्डलासम्म साझा तराजु यात्रा आयोजना गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया