भाद्र १३, २०८३ शनिबार August 29, 2026

बीरगञ्ज महानगरपालिकाभित्र आज बिहान बाट कर्फ्यु लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बीरगंजमा अहिले बिहान ५ बजेबाट महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा कर्फ्यु लागु गरिएको छ ।

कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको आशंकामा स्थानीय प्रसासनले अहिले बिहान बाट कर्फ्यु लगाएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणमा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले विरगंज महानगरपालिकाको ३२ वटै वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुमा वीरगञ्जक्षेत्रका साथै छिपहरमाई गाउँपालिका वडा ३, बहुदरामाई नगरपालिका वडा न ५, पकाहा मैनपुर गाउँपालिकावडा न ३ का वासिन्दा रहेका छन् ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाबाहेक वाहिर ननिस्कन पर्सा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसैबीच कोरोना विशेष अस्पताल बिरगंजमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार