कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चलचित्र ‘देववाणी’ प्रदर्शनमा, बलिउड अभिनेता ह्यारीले दर्शकसँगै फिल्म हेर्ने

फिल्मको प्रचार प्रसारका लागि  बलिउड अभिनेताद्वोय ह्यारी जोश र कुन्दन भारद्वाज काठमाडौंमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने भएको छ। क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको  फिल्म ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ।

फिल्मको प्रचार प्रसारका लागि  बलिउड अभिनेताद्वोय ह्यारी जोश र कुन्दन भारद्वाज  काठमाडौं पुगिसकेका छन्।

ह्यारी जोशले भारतीय फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरिसकेका छन्। अभिनेता ह्यारीले काठमाडौं विमानस्थलमा ओर्लिए लगत्तै आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने बताएका थिए।

ह्यारीले बलिउड र तेलुगु हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरिसकेका छन्। उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचार गर्नेछन्।

मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन्। निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन्। बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन्।

त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन्। त्यसपछि उनी मुम्बई फर्किने योजना छ।

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार