श्रावण २०, २०८३ बुधबार August 5, 2026

सुनसरीका पौने ६ लाख स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध

७० वर्ष उमेर बढीका ज्येष्ठ नागरिकका लागि पनि निःशुल्क बिमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुनसरीका १२ स्थानीय तहका पाँच लाख ७६ हजारभन्दा बढी स्थानीयहरु स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

जिल्लामा हाल पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् । जिल्लामा साधारण स्वास्थ्य बिमा पाँच लाख १७ हजार ७७० जना, ज्येष्ठ नागरिकका लागि निःशुल्क बिमा कार्यक्रममा बिमा गरिएको समेत गरी पाँच लाख ७६ हजार ११३ जनाले स्वास्थ्य बिमा गराएर सेवा लिइरहेका छन् ।

त्यसैगरी एमआरटिभीका बिरामी ७१ जनाको परिवार २४४, कुष्ट रोगी ३० जना परिवारका १११ जना, एचआईभी एड्स सङ्क्रमिण ७१६ जनाका परिवारका एक हजार ४८ जना, पूर्ण अशक्त अपाङ्गता भएका एक हजार २४३ जनाका परिवारका ६ हजार २२७ जना र ९६५ जना महिला स्वास्थ्य स्वयंसेविका परिवारका पाँच हजार ३७९ सहितको परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालय सुनसरीका दर्ता अधिकारी मनोज काफ्ले जानकारी दिनुभयो ।

यहाँ ७० वर्ष उमेर बढीका ज्येष्ठ नागरिकका लागि पनि निःशुल्क बिमा कार्यक्रम छ । जिल्लामा ४४ हजार ४३४ जनाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भई सेवा लिइरहेको काफ्लेले जानकारी दिनुभयो ।

यता स्वास्थ्यको फरक प्रसङ्गमा सदरमुकामस्थित सुनसरी जिल्ला सरकारी अस्पतालमा १० जना विशेषज्ञको दरबन्दीमा दरबन्दी र पार्ट टाइम थपसहित गरेर २० जना चिकित्सकले सेवा दिइरहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया