जेठ ५, २०८१ शनिबार May 18, 2024

पाटीभित्रकै असहयोगका बीच पनि सरकार सफल भएको परराष्ट्रमन्त्री ज्ञावालीको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाटीभित्रकै असहयोग बीच पनि सरकार सफल भएको दाबी गर्नु भएको छ ।

काभ्रेको बनेपामा मदन भण्डारी फाउण्डेसन काभ्रे जिल्ला कमिटीले शनिबार गरेको कार्यक्रममा सम्बोधन गर्नु हुँदै मन्त्री ज्ञवालीले पार्टी भित्रका केही नेताको असयोगबीच पनि सरकार सफल भएको दाबी गर्नु भएको हो । उहाँले कोरोनाँगको लडाइँमा सरकारलाई साथ दिनुको साटो उल्टै राजीनामा माग गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

बैठकमा नेताहरु कुन कुर्सीमा बसे भन्नेजस्ता विषयमा अल्झदा पार्टी एकताबाट आशा गरेका जनता निराशा हुँदै गएको ज्ञवालीको भनाइ थियो । यस अगाडिका सरकार सरकार निर्माण भए पनि सिमा–नक्साको विषयमा खासै चासो नदिँदा को मुटु भएको र को नभएको स्पष्ट भएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले कामको समीक्षाको आधारमा सरकार परिवर्तन हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

सरकारले अपेक्षाकृत काम गर्न नसकेको स्वीकार्दै उहाँले पार्टी र कर्मचारीबाट सहयोग नभएको आरोप लगाउनुभयो । नेकपाका दोस्रो पुस्ताका नेताहरु पनि ६० वर्ष नाघेका तर्क गर्दै पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेताहरु आनन्द पोखरेल, गोकुल बास्कोटा लगायले मदन भण्डारीको विचारका विविध पक्षबारे धारणा राख्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया