कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव

खानेपानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा अहिले पनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न सरकारले योजना बनाएर कार्यान्वय गर्ने बताए। उनले खानेपानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे।

मन्त्री यादवले भने, ‘मुलुकको ग्रामीण बस्तीमा अहिले पनि स्वच्छ खानेपानीको समस्या छ, नागरिकले पिठ्युँमा खानेपानी बोकेर प्रयोग गरिरहनुभएको छ। सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले योजनाबद्ध रूपमा ठोस कदम चाल्नेछ। पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छाड्छु।’

मन्त्री यादवले देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। जलस्रोतको क्षेत्रमा धनी मुलुक हुँदाहुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने आफैँमा दुःख कुरा हो। वर्तमान सरकारले यो समस्या समाधान गर्नेछ’, उनले भने।

खानेपानीको समस्या बुझी समाधानका उपाय पहिचान गर्न केही दिन पहिले तराई, पहाडी र हिमाली क्षेत्रमा गई स्थलगत अनुगमन गरेर फर्किएकाले तत्काल योजना बनाएर कार्यान्वयन गरी आफ्नै कार्यकालमा विद्यामान समस्या समाधान गर्न दीर्घकालीन रूपमा समस्या समाप्त गर्ने मन्त्री यादवले दाबी गरे।

उनले भने, ‘जलवायु परिर्वतनले तराईमा पानी सुक्दै गएको छ, पहाड र हिमाली क्षेत्रमा पनि जलवायु परिर्वतनको असर देखिन थालेको छ। खानेपानीको समस्या समाधन गर्नुवर्तमान समयमा र्न निकै चुनौतीपूर्ण रहे पनि समाधान गर्ने प्रतिबद्धता जनाउछु।’ खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी दीर्घकालीन रूपमा समस्या अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार