जेठ ६, २०८१ आइतबार May 19, 2024

उत्तर कोरियामा पहिलो पटक लकडाउनको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक बन्दाबन्दीको घोषणा गरेका छन्। तर, यो बन्दाबन्दी देशभर नभइ दक्षिण कोरियाको सीमा नजिकको शहर काएसोङमा मात्र लगाइएको हो।

संभावित कोरोनाभाइरस संक्रमणलाई रोक्न भन्दै उक्त शहरमा संकटकाल पनि घोषणा गरिएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै समाचार एजेन्सी एपीले जनाए अनुसार एक व्यक्तिमा कोभिड–१९ का लक्षण देखिएपछि उक्त शहरमा संकटकाललाई कडाइका साथ लागू गरिएको छ।

ती व्यक्ति दक्षिण कोरियाबाट एक साताअघि गैरकानुनी ढंगमा उत्तर कोरिया पसेको बताइएको छ। उनी केही वर्षअघि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका थिए। उनलाई उत्तर कोरिया पसेको केही दिनपछि नियन्त्रणमा लिइएको हो।

उत्तर कोरियाले अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस संक्रमण नभएको बताउँदै आएको छ। तर, उसको दाबीप्रति विश्वका धेरै संक्रामक रोग विज्ञहरुले आशंका गरेका छन्। यदि अहिले नियन्त्रणमा लिइएका व्यक्तिमा संक्रमण देखिए उनी उत्तर कोरियाका पहिलो संक्रमित हुनेछन्।

संक्रमण फैलिन नदिन उत्तर कोरियाले चीनसँगको सीमा पूर्णतः बन्द गरेको छ। दक्षिण कोरियाको सीमा बन्दै हुने भए पनि लुकिछिपी पस्नेहरुलाई रोक्न थप कडाइ गरिएको छ।- अल जजिरा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया