वैशाख ११, २०८१ मंगलबार April 23, 2024

न्यायाधीशलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः उच्च अदालत जनकपुरधामको राजविराज इजलासका एक न्यायाधीशलाई कोरोनाभाइरस संक्रमण  देखिएको छ ।

जनकपुरस्थित राजविराज इजलासका न्यायाधीशमाथि कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो । आइतबार न्यायाधीश, एक जना प्रहरीसहित अन्य ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा कोरोना संक्रमणको पुष्टि भएपछि वकीलको कार्यालय, अदालतका न्यायाधीश र कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएपछि न्यायाधीशमा पनि संक्रमण देखिएको हो ।

आइतबार दिउँसोसम्म सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि राजविराज नगरपालिकामा लकडाउन गरिएको छ । अहिले बजार र पसल सुनसान रहेको प्रहरीले जनाएको छ ।

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया