कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी कानुन्मन्त्री लेखीलाई

लेखीको संयोजकत्वमा चार सदस्यीय मस्यौदा समिति निर्माण गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, पुस १६ गते । मधेश प्रदेश सरकारको मंगलबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहको निवास मधेश भवनमा बसेको मन्त्रिपरिषदको बैठकले मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिने निर्णय गरेको छ ।

त्यसैगरी आजको वैठकले पुस २३ गतेवाट प्रदेशसभा सञ्चालन गर्न प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको बैठकमा सहभागी गृह सञ्चार तथा कानुन्मन्त्री लेखीले जानकारी दिनुभयो । मन्त्री लेखीले आजको बैठकमा मधेश प्रदेश सरकारको विभिन्न मन्त्रालयको कामकाजको वारेमा छलफल भएको बताउनुभयो ।

त्यसैगरी बैठकले विभिन्न सेवा ऐन मस्यौदा गर्न गृह सञ्चार तथा कानुन्मन्त्री लेखीको संयोजकत्वमा चार सदस्यीय मस्यौदा समिति निर्माण गर्ने निर्णय गरेको छ ।

उक्त समितिको सदस्यहरुमा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, उर्जा सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव र वन तथा वातावरणमन्त्री त्रिभुवन साह रहनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार