असार २४, २०८२ मंगलबार July 8, 2025

पत्नी हत्या ‘भवितव्य’ मान्न नसकिने सर्वोच्चको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वोच्च अदालतले सशस्त्रका  पूर्व डीआईजी रञ्जन कोइरालाबाट भएको पत्नी गीता ढकाल हत्याको घटना भवितव्य मान्न नसकिने ठहर गरेको छ।

आइतबार सर्वोच्चका तीन न्यायाधीश सम्मिलित इजलासले प्रधानन्यायाधीश सहितको इजलासबाट भएको फैसला पुनरावलोकन गर्ने निर्णय गर्दै उक्त घटनालाई भवितव्य मान्न नसकिने ठहर गरेको हो ।

‘अदालतमा बयान गर्दा कोइरालाले कसुरलाई इन्कार गरी आफ्नो व्यहोरा लेखाएकाे पाइयाे। प्रस्तुत वारदात हेर्दा प्रतिवादी काेइरालाले घटना घटाउँदा र घटनापश्चात लास लुकाउन गरको क्रियाकलापबाट भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिँदैन’, सर्वोच्चद्धारा जारी आदेशमा भनिएको छ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त ईजलासले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलासबाट यसअघि भएको फैसलालाई फेरि परीक्षण गर्ने अनुमति दिएको छ।

पत्नी गीता ढकालको हत्या गरी शव जलाउने अपराध गरेका कोइरालालाई सर्वस्वसहित जन्मकैद भएकोमा प्रधानन्यायाधीश राणासहितको इजलासले सजाय घटाएर साढे ८ वर्षमा झारेको थियो।

सर्वोच्चको फैसलापछि सरकारी वकिलको कार्यालयले फैसला त्रुटिपूर्ण रहेको जिकिर गर्दै पुनरवलोकन दर्ता गराएको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै ‘उनलाई भएको सजाय चर्को पर्न गई सजाय घटी हुने निर्णय यसअघि सर्वोच्चबाट प्रतिवाद भएको नजिरविपरीत देखिएको छ’ भनिएको छ।

आदेशमा सर्वोच्चको पूर्ण इजलासले तीन वटा नजिर पनि पेस गरेको छ। शान्ति विकविरुद्ध नेपाल सरकार, नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेत र केदार माझीविरुद्ध नेपाल सरकार भएको मुद्दाको नजिरलाई टेकेर यसअघि भएको फैसला पुनरवलोकन हुने उक्त आदेशमा भनिएको छ ।

सर्वोच्चको फैसलापछि कोइराला साउन ८ गते जेलमुक्त भएका थिए। न्यायाधीशले तजबिजी अधिकारको दुरुपयोग गरेर जघन्य अपराधमा संलग्नलाई सजायमा छुट दिएको भन्दै सार्वजनिक रुपमा अदालत र न्यायाधीशको आलोचना भइरहेको छ भने सडकमा आन्दोलनसमेत चक्रिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार