श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

पर्वत प्रहरीद्धारा ठगीको आरोपमा चार जना पक्राउ गरि सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्वतमा ठगी गरेको आरोपमा चार जना पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वत जिल्ला, फलेवास नगरपालिका ५, खानीगाउँका ४० वर्षीय ४० निर्मल बिक, उनकी पत्नी ३६ वर्षीया गुमा बिक, बागलुङ, बागलुङ नगरपालिका १४ घर भइ पर्वत, जलजला गाउँपालिका ३ मा डेरा गरि बस्ने ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी, बेनी नगरपालिका २, ज्यामरुक घर भइ सोही नगरपालिकाको वडा नम्बर ७, हुलाक चोकमा डेरा गरि बस्ने २४ वर्षीय मनिष बोहोरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार अभियुक्त निर्मलले रुपन्देही बुटवल बस्ने १ जनालाई आफूसँग बहुमूल्य ढुंगा (बल्ने पत्थर) भन्दै लोभ्याएर बयान स्वरुप पैसा लिएका छन् ।

पीडित व्यक्तिले उक्त पत्थरको बेचबिखन अवैधानिक भएको थाहा पाएपछि जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतले १० दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया