असार २४, २०८२ मंगलबार July 8, 2025

सीमानाकामा थप कडाइ गर्न मुख्यमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

आज (आइतबार) सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्न थालेकाले सीमानाकामा थप कडाइ गर्न निर्देशन दिए।

प्रदेश नं २ को सीमावर्ती जिल्लामा लुकीछुपी भित्रिने गरिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले तीनवटै सुरक्षा निकायलाई सीमानाकामा थप कडा गर्नुपर्ने बताए।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग सुझावसमेत लिएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी गराए।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारबाट भए/गरेको कामकाजको प्रगतिबारे जानकारी लिदै मुख्यमन्त्री राउतले रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए।

बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलसहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु र सुरक्षा निकायका प्रमुखहरु उपस्थिति रहेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार