कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा

एसइई लक्षित सिकाइमा अवस्थाअनुसार विद्यार्थीको वर्गीकरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २० पुसः काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिममा सहभागी हुन आह्वान गरेको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई क्षमता विकाससम्बन्धी तालिम दिन लागिएको हो ।

तालिका माध्यमबाट क्षमता विकास गराएर शिक्षकले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको कामपाको सहरी योजना आयोगका सदस्य एवं इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकाले तालिम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

झाका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी बिदाको समय उपयोग गर्न लागिएको हो । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत सीप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको बताउँदै यसको नतिजा विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र र व्यावहारिक सीपमा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम दिइने योजना आयोगका सदस्य झाले जानकारी दिनुभयो । उहाँका अनुसार पुस २३ देखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान, अर्थशास्त्रलगायत विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् ।

एसइई लक्षित सिकाइमा अवस्थाअनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ । सिकाइ सहयोग, प्रविधिमार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुने कामपाको सहरी योजना आयोगले जनाएको छ । पुस २३ देखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरूको तालिम हुनेछ ।

यही पुस २४ देखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सीप कार्यक्रमसँग सम्बन्धित सम्पर्क (फोकल) शिक्षकहरूका तालिम हुनेछन् । पाठ्यक्रममा सहभागितामूलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन, प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुने योजना आयोगका इञ्जिनियर झाले बताउनुभयो ।

आगामी माघ ५ देखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र ‘क्यारियर गाइड म्यापिङ’ तालिम हुनेछ । माघ २ देखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कनसम्बन्धी तालिम हुनेछन् ।

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम भने पुस २४ देखि माघ ८ गतेसम्म हुनेछ । सामुदायिक विद्यालयमा यही पुस १८ गते सुरु भएको बिदा माघ ८ गतेसम्म रहनेछ । यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार पढाइमा असर नहुने गरी खेलकुदका कार्यक्रम पनि हुने कामपाको सहरी योजना आयोगले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार