कार्तिक २२, २०८३ आइतबार November 8, 2026

अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

अक्षयकोषबाट चालु शैक्षिक सत्रमा १४ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर, २१ पुसः शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा रहेको धर्म जनता माध्यमिक विद्यालयमा स्थापना गरिएका अक्षयकोषबाट विद्यालयमा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

विद्यालयमा स्थानीय समाजसेवीका सहयोगमा सातवटा अक्षयकोष स्थापना गरिएका छन् । अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयका जेहन्दार, आर्थिक रूपमा विपन्न, खेलकुदका क्षेत्रमा अब्बल रहँदै आएका विद्यार्थीलाई छात्रवृत्तिस्वरुप रकम प्रदान गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाले बताउनुभयो ।

“प्रत्येक वर्ष अक्षयकोषबाट व्यवस्थापन समितिको बैठक बसी छात्रवृत्तिका लागि विद्यार्थीको छनोट गरी रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यबाट अभिभावकले खर्च जुटाउन नसक्ने अवस्थाका विद्यार्थीलाई निकै सघाउ पुगेको छ, जेहन्दार विद्यार्थीको मनोवल बढदै गएको छ ।”

विद्यालयमा स्थापना गरिएका सातवटा अक्षयकोषमा गरी जम्मा रु सात लाख ३७ हजार दुई सय २५ रकम रहेको छ । अक्षयकोषबाट चालु शैक्षिक सत्रमा १४ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा छात्र पाँच र छात्रा नौ जना रहेका छन् ।

अधिकतममा रु दुई हजार दुई सय ५० देखि न्यूनतम रु एक हजार चार सय ८० का दरले छात्रवृत्तिको रकम दिइएको छ । विद्यालयमा स्वर्गीय रणबहादुर स्मृति छात्रवृत्ति, स्वर्गीय पदमबहादुर स्मृति छात्रवृत्ति, गणेश विमला असहाय, प्रतिभावान छात्रवृत्ति, धर्म जनता स्वर्ण छात्रवृत्ति, चन्द्रा कार्की खेलकुद छात्रवृत्ति, प्रताप द्रोपती स्मृति छात्रवृत्ति, देवबहादुर सिंह÷बिष्नादेवी सिंह गरिब जेहन्दार छात्रृत्ति अक्षयकोष स्थापना गरिएका छन् ।

छात्रवृत्ति अक्षयकोषमा रु एक लाख २५ हजारदेखि रु एक लाखसम्मको रकम राखिएको छ । कक्षा १ देखि १२ सम्म गरी विद्यालयमा छ सय ४२ विद्यार्थी अध्ययनरत छन् । विसं २०२९ मा विद्यालय स्थापना भएको हो । विद्यालयमा २९ जना शिक्षक कार्यरत रहनुभएको छ । स्थापनादेखि हालसम्म विद्यालयबाट दुई हजार एक सय ५७ जना विद्यार्थीले १० कक्षाको परीक्षा दिएर बाहिरिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार