माघ ४, २०८१ शुक्रबार January 17, 2025

ओलीपछि देउवा प्रधानमन्त्री बन्ने उपप्रधानमन्त्री सिंहको दाबी

सरकार गठनका बेला भएको सहमतिअनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २१ पौष । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार गठनका बेला भएको सहमतिअनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । उनले सरकार गठनअघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे ।

सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । ‘आउने निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्कता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिलेसँगै सरकारमा रहेर काम गरिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘भन्दा अगाडिको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ।’

त्यस्तै, उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको बताए । अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया