श्रावण ३, २०८२ शनिबार July 19, 2025

राष्ट्रिय दलित आयोगद्वारा प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

आयोगले ७ वटा परिच्छेद र ६ वटा अनुसूची समेटी तयार गरिएको प्रतिवेदन हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । राष्ट्रिय दलित आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बुझाएको छ ।

आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन बझाउनु भएको हो । नेपालको संविधानको धारा २ (४) (३) बमोजिम राष्ट्रिय दलित आयोगको आ.ब. २०८०/०८१ प्रतिवेदन पेश गरेको हो ।

आयोगले ७ वटा परिच्छेद र ६ वटा अनुसूची समेटी तयार गरिएको प्रतिवेदनमा बुझाएको हो । जसमा आयोगको परिचय, दलितको हक, हित र अधिकार सम्बन्धि व्यवस्था, दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिति, आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था, आयोगका अवसर, चुनौती र भावी कार्यदिशा लगायतका विषय समेटिएको छ ।

छुवाछूत भेदभाव प्रथाको सुरुवात र त्यसको अन्त्यका लागि कानूनी व्यवस्थाहरूमा नेपालमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको सुरुवात, अन्तर्राष्ट्रिय कानुनमा छुवाछूत तथा भेदभाव विरुद्धको व्यवस्थाहरू, नेपालको संविधान तथा कानुनमा दलित हक, हित सम्बन्धी भएका व्यवस्थाहरू, जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि ऐन, कानुनमार्फत भएका राज्यका प्रयासहरू, अन्य ऐन कानुनमा भएका दलित अधिकार सम्बन्धी व्यवस्था, जातीय भेदभाव अन्त्यका लागि सरकारका लोकप्रिय घोषणाहरू तथा दलित लक्षित कार्यक्रमहरूलाई उल्लेख गरिएको छ ।

संविधान, ऐन, कानून मार्फत जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, वञ्चितीकरण र हिंसालाई संवैधानिक र कानूनी रुपमा अन्त्य गर्दै सम्मानित जीवन यापन गर्न सक्षम तुल्याउन सरकारले लिएको नीति तथा तत्परतालाई प्रतिवेदनले समेटेको प्रवक्ता पुर्कुटीले बताउनु भयो ।

राष्ट्रिय जनगणनामा दलित समुदायको सङ्ख्यात्मक अवस्थाको विवरण, वित्तीय संस्थाहरूको पहुँचबाट टाढा रह“दा भोग्नु परेको पीडा, मानव विकास सूचांक, वार्षिक आय, शिक्षा, स्वास्थ्य र सरसफाई क्षेत्रहरूमा अझै पनि दलित समुदायहरू पछाडि नै परेको उहाँले बताउनु भयो ।

नेपालको संविधानले छुवाछुत तथा सबै किसिमका विभेदको अन्त्य गर्दै समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने र समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सबै संरचनामा दलित दायको प्रतिनिधित्वको सुनिश्चिता गरेको छ । संविधानका मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछुत समुदायको तथा भेदभाव विरुद्धको हक र धारा ४० मा दलितको हकको व्यवस्था छ । धारा २४ को प्रावधानलाई कार्यान्वयन गर्न जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर सजाय ऐन) २०६८ समेत लागु भएको छ ।

यसका साथै संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको छ । सरकारले मानवअधिकार सम्बन्धी विभिन्न प्रतिबद्धता समेत गरेको छ। तर, यी प्रावधानहरूलाई कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग आवश्यक नीति, कानुन, रणनीतिक योजना र कार्यक्रम तथा बजेटको कमी रहेको उहाँ“ले बताउनु भयो ।

आयोगले पहिलो वार्षिक प्रतिवेदन २०७८ कार्तिक ११ गते, दोस्रो २०७९ मङ्सिर २५ गते, तेस्रो २०८० फागुन २३ गते गते पेस गरिसकेको भए पनि त्यस उपर सुनुवाइ नभएको भन्दै आयोगमा प्रवक्ता पुर्कुटीले अबको सरकारले यसमा ध्यान दिने अपेक्षा प्रकट गर्नुभयो ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बागमती प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १६ हजार ८ सय ६६ जना मध्ये दलितको जनसङ्ख्या ३ लाख ५९ हजार ५ सय ११ जना रहेका छन् । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले दलितको सवालमाथि सकारात्मक सन्देश कार्यान्वयनमा ल्याउनको लागि सरकारलाई प्रेरित गर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार