असार २५, २०८२ बुधबार July 9, 2025

 नवौँ संस्करणको झिल्टुङ्ग क्रसकन्ट्री दौड माघमा

नुवाकोटको कोल्पुटार, बेलकोटगढीमा हुने दौडमा महिला र पुरुषका सात स्पर्धामा प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २१ गते । नवौँ संस्करणको झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ५ गते नुवाकोटमा हुने भएको छ ।

नुवाकोटको कोल्पुटार, बेलकोटगढीमा हुने दौडमा महिला र पुरुषका सात स्पर्धामा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

दौडमा पुरुष र महिलाको खुला १३.५ किमी दौड, सोही दूरीको स्थानीय खुला दौड, १६ वर्ष मुनिको खुला र स्थानीय ४.५ किमी, ४५ वर्ष माथिको भेट्रान १३.३ किमी, स्थानीय आमाहरुको ४.५ किमी र स्थानीय बृद्ध पुरुष र महिलाको वाक एन्ड टक स्पर्धा समावेश गरिएको छ ।

१३.५ किमी दौडको विजेतालाई २० हजार, उपविजेतालाई १३ हजार तीन सय र तेस्रो हुनेलाई ६ हजार ६ सय रुपियाँ प्रदान गरिनेछ । अन्य विधाको विजेतालाई पनि आकर्षक नगद पुरस्कार राखिएको आयोजक बेलकोटगढी नगरपालिकाका वडानं.–५ का अध्यक्ष मदन भुजेलले जानकारी दिनुभयो ।

दौडलाई एथलेटिक्स परिवार नेपालले प्राविधिक सहयोग गर्नेछ । नेपालको एथलेटिक्स क्षेत्रमा झिल्टुङ्ग दौडलाई मौलिक खेल प्रतियोगिताको रुपमा स्थापित गर्न लागिएको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया