कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सशस्त्र प्रहरीका ४ जना डीआईजीको म्याद एक वर्ष थप्ने मन्त्रिपरिषद्को निर्णय

डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीबाट आइजी बन्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। सरकारले सशस्त्र प्रहरीमा चार जना डिआइजी (प्रहरी नायब महानिरीक्षक)हरूको एक वर्ष म्याद थप गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै रातिबाट लागुहुने गरि उनीहरुको म्याद थप्ने निर्णय गरेको हो।

अनिवार्य अवकाशमा जान लागेका डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको म्याद थप भएको हो। उनीहरुको जागिरको अवधि सकिएपछि आज (मंगलबार) रातीबाट अवकाशमा जाँदै थिए।

सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सशस्त्र प्रहरी मुख्यालयले एक वर्ष पदावधि थप गर्ने प्रस्ताव पठाएको थियो। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ। सोहीअनुसार सशस्त्र प्रहरी मुख्यालयले प्रस्ताव पठाएको थियो।

२०५६ असार ३ गते डिआइजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए। डिआइजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन्। सशस्त्र प्रहरी बल स्थापना भएपछि चारैजना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार