असार २५, २०८२ बुधबार July 9, 2025

पुलिस क्लब इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा

फाइनलमा विजयी हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनल खेलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।

पुलिसले गुजरातलाई ३-१ को सेटमा हराएको हो । नेपाल पुलिस क्लबले अब फाइनलमा आजै हुने त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग खेल्ने छ । नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेर समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

फाइनलमा विजयी हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् भने दोस्रो हुने टिमले ३ लाख ५० हजार त्यस्तै,तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया