कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

‘मधेस सरकारका काम निराशाजनक छैन’

विकास निर्माणमा प्रदेश सरकारको गति कम भए पनि निराशाजनक नभएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर (धनुषा), २३ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विकास निर्माणमा प्रदेश सरकारको गति कम भए पनि निराशाजनक नभएको बताउनुभएको छ ।

आजदेखि सुरू भएको मधेस प्रदेशको चौथो अधिवेशनमा शुभकामना व्यक्त गर्दै उहाँले प्रदेशका ६४ निर्वाचन क्षेत्रका लागि पाँच किलोमिटर कालोपत्रे सडक तथा एक निर्वाचन क्षेत्रमा पुलको बोलपत्र आह्वान भएपछि सरकारको खर्चले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेश सरकारले विकास निर्माणमा गति दिन नसकेको गुनासो गरेपछि त्यसको जवाफमा मुख्यमन्त्री सिंहले विकासको काम खुला बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने भएकाले गति कम देखिएको बताउनुभएको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनको सरकार भएकाले वर्तमान प्रदेश सरकारलाई काम गर्नमा अवरोध नगरेको बताउनुभयो । कांग्रेसले काम गर्न नदिएको आरोपमा सत्यता नभएको उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले वर्तमान सरकारको सुस्त गतिका कारणले सङ्घीयताप्रति नै प्रश्न उठ्न लागेको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले)का तर्फबाट प्रदेशसभा सदस्य शारदादेवी थापाले काममा ढिलाइ गर्दा पछि गएर पछुताउनुबाहेक अरू केही हासिल नहुने भएकाले विकास निर्माणको काममा गति दिन सुझाव दिनुभयो ।

प्रदेशसभाको अर्को बैठक भोलि बुधबार बस्ने गरी स्थगित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार