असार २५, २०८२ बुधबार July 9, 2025

भ्यालेन्सिया कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश

अन्तिम १६ मा पुग्ने १६ वटै टोलीको टुङ्गो लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेगुन्डा डिभिजनको एल्डेन्सलाई २-० ले पराजित गर्दै भ्यालेन्सियाले अन्तिम १६ मा स्थान बनाएको हो ।

एल्डेन्सको मैदानमा भएको खेलमा भ्यालेन्सियाका लागि सर्जी कानोले नवौँ र डिएगो लोपेजेले ३९औं मिनेटमा गोल गरे । यससँगै अन्तिम १६ मा पुग्ने १६ वटै टोलीको टुङ्गो लागेको छ । जसमा शीर्ष श्रेणीको ला लिगाबाट १२ क्लब छन् ।

त्यस्तै दोस्रो श्रेणीको सेगुन्डा डिभिजनबाट दुई तथा प्रिमियरा फेडेरेसन र सेगुन्डा फेडेरेसनबाट समान एक टोली छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया