असार २५, २०८२ बुधबार July 9, 2025

नेपाल पुलिस क्लब जय ट्रफी एलिट कप क्रिकेटको शीर्ष स्थानमा

एकतर्फी जित निकाल्दै पुलिस क्लब शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मधेश प्रदेशलाई एक इनिङ्स ३५ रनले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब जय ट्रफी एलिट कप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आज भएको दोस्रो पालीको खेलमा मधेश प्रदेश ९४ रनमा अलआउट भयो ।

पहिलो पालीमा मधेश १२९ रनमा अलआउट भएको थियो । पुलिसले भने पहिलो पालीमा नै २५८ रनको बलियो योगफल खडा गरेको थियो । यो जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मधेशको फाइनल खेल्ने सम्भावना कठिन बन्दा पुलिसले फाइनल खेल्ने लगभग तय भएको छ ।

पुलिसको जितमा ओपनर कुशल भुर्तेलले अलराण्डर प्रदर्शन गरेका थिए । पहिलो पालीमा ६३ रन जोड्दै २ विकेट लिएका उनले आज ५ विकेट झारेका छन् । समग्रमा उनले ७ विकेट लिए । गुल्सन झाले आज २ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए ।

मधेशका कुनै पनि ब्याटरले राम्रो रन जोड्न सकेनन् । यसअघि एक शतक र एक अर्धशतक हिर्काएका ओपनर मयन यादव आज २२ रनमा आउट भए । विशाल पट्टेलले २७ रन थपे । यसअघि पहिलो पालीमा टस हारेर पहिले ब्याटिङ गरेको मधेश १२९ रनमा अलआउट भएको थियो । मधेशका लागि मयनले ५९ तथा निरज यादवले २९ रन जोडेका थिए ।

अघिल्लो खेलमा पुलिसले आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेका थिए। जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पुलिसले ४० अंक जोडेको छ भने दोस्रो स्थानको मधेशको २१ अंक छ। अघिल्लो खेलमा १५ अंक जोडेको पुलिसले दोस्रो खेलमा जित निकालेसँगै २५ अंक जोड्न सफल भयो। मधेसले भने दोस्रो खेलमा ६ अंक मात्र पायो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार