काठमाण्डौंः विश्व महामारी (कोभिड १९) कोरोना भाईरसका कारण काठमाडौं, वीरगन्ज र धरानमा तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं, वीरगन्ज र धरानमा उपचाररत तीन जनाको मृत्यु भएको जानकारी दिए ।
काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत बाराको फेटा-३ का ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ ।
यसैगरी वीरगन्ज-१० मा बस्दै आउनुभएका ६५ वर्षीय भारतीय नागरिकको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँ मुटु तथा मधुमेहसम्बन्धी रोगतबाट पीडित हुनुहुन्थ्यो ।
यसैगरी धनुषा सहीदनगर-८ निवासी ३६ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा मृत्यु भएको छ ।
ज्वरो, खोकी र स्वासप्रस्वास समस्या भएपछि साउन १० गते गते जनकपुर अस्पताल भर्ना हुनुभएका उहाँलाई थप समस्या भएपछि धरान लगिएको थियो ।
तीन जना थपिएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया