भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

जापानी राजदूतद्वारा कानून मन्त्री तुम्बाहाङफेसँग भेटवार्ताः आफ्ना न्यायाधीशको पक्षमा मत दिन अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानले आगामी नोभेम्बर महिनामा हुने अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)को निर्वाचनमा जापानका तर्फबाट उम्मेदवार रहनुभएका हाल आईसीजेका बहालवाला न्यायाधीश डा. ईवासावा युजीको पक्षमा मतदान गर्न अपिल गरेको छ ।

जापान सरकारका तर्फबाट जापानी राजदूत माशामिची साइगोले सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेसँग भेट गर्दै पुनः मतदानको अपेक्षा व्यक्त गर्नुभएको हो । मन्त्री तुम्बाहाङफेले जापानको प्रस्तावलाई सकारात्मकरुपमा लिएको बताउनुभएको छ ।

राजदूत साइगोले जापान सरकारले नेपालको न्याय तथा कानूनको क्षेत्रको विकासको लागि कानूनी सल्लाहकार उपलब्ध गराएको, देवानी संहिता निर्माण प्रक्रियामा सहयोग पुर्‍याइ अनुभव आदानप्रदान गर्ने मौका पाएको जानकारी दिनुभएको थियो । उहाँले जाइकाले नेपालका न्यायाधीश, न्याय तथा कानूनका क्षेत्रका कर्मचारीहरु र अधिवक्ताहरुका लागि प्रदान गर्दै आइरहेको तालिम कोभिड-१९ का कारणले स्थगित रहेकोमा अनुकूल स्थिति भएपछि त्यस्ता तालिमका कार्यक्रमहरुलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

भेटमा मन्त्री तुम्बाहाङफेले नेपाल र जापानको दौत्य सम्बन्ध धेरै लामो समयदेखि रहेको उल्लेख गर्दै जापान सरकारले गरेको सहयोगको लागि धन्यबाद व्यक्त गर्नुभयो । उहाँले कानून निर्माण प्रक्रियामा दुई देशबीच भएका अनुभव आदानप्रदानबाट राम्रा अभ्यासलाई आत्मसात गर्ने मौका समेत मिल्ने भएकोले यसले कानून र न्यायको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले क्याटो कङ्ग्रेसमा जापान सरकारले गरेको निमन्त्रणाका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र जापानका सांसदहरुबीच हुने गरेका संसदीय अभ्यासको अनुभव आदानप्रदान कार्यले संसदीय प्रक्रियामा सकारात्मक प्रभाव पार्ने बताउँदै यसलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार